Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 834
    Shares

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
    images

    काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएर कारागारबाटै फरार भएका एक प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं. २ घर भएका ध्रुव बहादुर भुजेल रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, भुजेललाई सोलुखुम्बु जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त सजाय भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँमा रहेका उनी ‘जेन्जी आन्दोलनको क्रममा फरार भएका थिए।

    भुजेल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ स्थित गोठगाउँमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई फेला पारेको हो। पक्राउ परेका भुजेललाई बाँकी कैद भुक्तान र आवश्यक कानुनी कारबाहीका लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १०:५७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij