Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

४४ निर्माण कम्पनीको लाइसेन्स खारेज

४४ निर्माण कम्पनीको लाइसेन्स खारेज


  • 764
    Shares

    ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज
    images

    काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ । 

    मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐनको व्यवस्था अनुसार यी कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।

    निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ को उपदफा ३ मा निर्माण व्यवसायीहरूले प्रत्येक आर्थिक वर्षका लागि आफ्नो इजाजतपत्र नवीकरण गराउनुपर्ने अनिवार्य व्यवस्था छ । सोही व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२\८३ का लागि २०८२ साल चैत्र मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने म्याद तोकिएको थियो । 

    तर, उक्त अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका कम्पनीहरूको इजाजतपत्र ऐनको दफा ७ को उपदफा ३ बमोजिम ‘स्वतः खारेज’ भएको मन्त्रालयले जनाएको छ ।

    742405823_1038011855862548_7036088569524335824_n_lL4YNaIV8H.jpg

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १०:३३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij