Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह


  • 1.3K
    Shares

    उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन् । 

    बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

    प्रधानमन्त्रीले चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेपनि उनले समय उपलब्ध गराएका थिएनन् ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १०:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij