Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँको ठगी गर्ने टोपबहादुर रायमाझी मुख्य योजनाकार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँको ठगी गर्ने टोपबहादुर रायमाझी मुख्य योजनाकार


  • 1.2K
    Shares

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँको ठगी  गर्ने  टोपबहादुर रायमाझी मुख्य योजनाकार
    images

    काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँको ठगी र सङ्गठित अपराध प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य योजनाकार बनाउँदै दोषी ठहर गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई मतियार भनी दोषी ठहर गरेको छ।

    न्यायाधीश तेज बहादुर खड्काको इजलासले उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी र बिचौलियाहरूलाई दोषी ठहर गरेको हो। रायमाझीलाई यस प्रकरणको 'प्रमुख योजनाकार' मध्ये एक मानिएको छ । बिचौलियाहरूसँग मिलेर नीतिगत सेटिङ मिलाउने र रकम असुलीमा संलग्न रहेको भन्दै उनलाई सङ्गठित ठगी र राज्य विरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।

    पूर्वगृहमन्त्री खाँणलाई सङ्गठित ठगी र सङ्गठित अपराधमा 'मतियार' को रूपमा दोषी ठहर गरिएको छ । उनले मन्त्री पदमा रहँदा बिचौलियाको स्वार्थ अनुसार निर्णय प्रक्रियामा सहयोग पुर्‍याएको फैसलामा उल्लेख छ ।

    त्यस्तै पूर्वगृहसचिव टेकनारायण पाण्डे सरकारी लिखत किर्ते गर्ने र गिरोहलाई मन्त्रालयको गोप्य सूचना उपलब्ध गराउने कार्यमा पाण्डेको मुख्य भूमिका रहेको ठहर गरिएको छ। उनलाई सङ्गठित ठगी, किर्ते र राज्य विरुद्धको अपराधमा दोषी मानिएको छ । तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई गृह मन्त्रालयमा बसेर भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गर्ने र बिचौलियाबाट मोटो रकम लिने कार्यमा राईको प्रत्यक्ष संलग्नता देखिएको छ ।

    केशव प्रसाद दुलाल र सानु भण्डारी योजनाकार भएको भन्दै दोषी ठहर गरेको छ । उनीहरूले नै पीडितहरूबाट करोडौँ रकम उठाएको, नक्कली डकुमेन्ट बनाएको र राजनीतिक नेतृत्वसँग सेटिङ मिलाएको प्रमाण अदालतले फेला पारेको छ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - ००:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij