Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वाग्मती प्रदेशको पाँच जिल्लामा दुई लाख ३८ हजार कुखुरा नष्ट

वाग्मती प्रदेशको पाँच जिल्लामा दुई लाख ३८ हजार कुखुरा नष्ट


  • 2.0K
    Shares

    वाग्मती प्रदेशको पाँच जिल्लामा दुई लाख ३८ हजार कुखुरा नष्ट
    images

    हेटौँडा । देशभर महामारीको रूपमा फैलिएको बर्डफ्लु संक्रमण वाग्मती प्रदेशको पाँच जिल्लामा देखापरेको छ । प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा बर्डफ्लु संक्रमण देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जानकारी दिएको हो ।

    यी पाँच जिल्लामा गत चैत्र ११ देखि हालसम्म दुई लाख ३८ हजार ६६९ कुखुरा नष्ट गरिएको छ । यस अवधिमा ती फार्महरूमा रहेका पाँच लाख ११ हजार ४२५ वटा अण्डा र ९२ हजार ८२५ सय केजी दाना नष्ट गरिएको छ । 

    निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार, संक्रमण पुष्टि भएको चितवनको खैरहनी नगरपालिका–१ मा ३८ हजार २ सय कुखुरा नष्ट गरिएको छ भने दुई लाख ९५ हजार ५० वटा अण्डा र १२ हजार केजी दाना नष्ट गरिएको छ । चितवनकै भरतपुर महानगरपालिका–४ मा रहेको फार्मबाट १८ हजार ८६३ कुखुरा, ५५ हजार ४४० अण्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको छ । 

    यस्तै, काभ्रेका दुई स्थानीय तहमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । काभ्रेको बनेपा नगरपालिकाको दुई वडा र पनौती नगरपालिकाको तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि भएर पन्छी नष्ट गरिएको हो । डा. घिमिरेका अनुसार, बनेपा र पनौती नगरपालिकामा रहेको फार्मबाट ४५ हजार ४४ कुखुरा, १३ हजार ८२१ वटा अण्डा र पाँच हजार १२५ सय केजी दाना नष्ट गरिएको छ । 

    उनका अनुसार, काठमाडौं उपत्यकाका तीन जिल्लामा एक लाख ३६ हजार ५६२ कुखुरा नष्ट गरिएको तथ्यांक छ । त्यस्तै, एक लाख ४७ हजार ११४ वटा अण्डा र ६२ हजार ६५० केजी दाना नष्ट गरिएको हो । डा. घिमिरेका अनुसार, वाग्मती प्रदेशका अन्य जिल्लामा बर्डफ्लु संक्रमण देखिएको छैन ।

    निर्देशनालयले, प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जिल्लास्थित पशु सेवा कार्यालयले संक्रमण फैलिएको क्षेत्रका पन्छी नष्ट गर्ने, क्षति विवरण संकलन गर्ने तथा संक्रमण फैलिएको स्थानलाई सुरक्षित गर्ने काम गर्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - २२:०१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij