Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तिघ्रामा लागुऔषध बाँधेर नेपाल आउँदै गरेकी भारतीय युवती पक्राउ

तिघ्रामा लागुऔषध बाँधेर नेपाल आउँदै गरेकी भारतीय युवती पक्राउ


  • 1.0K
    Shares

    तिघ्रामा लागुऔषध बाँधेर नेपाल आउँदै गरेकी भारतीय युवती पक्राउ
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

    सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मप्र०३-००१ ह १९८१ नम्बरको ई-रिक्सा शंकास्पद अवस्थामा फेला परेपछि चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जनाएको हो। 

    सशस्त्रका अनुसार सो ई-रिक्सामा बसेकी अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा लागुऔषध डाइजोपाम दुईसय एम्पुल, हाइड्रोक्लोराइड दुई सय एम्पुल र बुप्रेनोर्फिन २ पिस, फेला परेको हो।

    पक्राउ परेकी महिलालाई बरामद गरिएका लागुऔषध र ई-रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। सो घटनामा अन्य दुईजना व्यक्तिलाई समेत पक्राउ गरी कारबाहीका लागि पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

    यस्तै, वीरगञ्जबाटै अवैध रूपमा भन्सार छलेर ल्याइएका ठूलो परिमाणका भिटामिन औषधि समेत सशस्त्र प्रहरीले बरामद गरेको छ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १७:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij