Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युवतीलाई गोप्य अङ्ग देखाउने सुरेन्द्र भट्ट विरुद्ध ५ दिन म्याद थप, के हुन्छ सजाय ?

युवतीलाई गोप्य अङ्ग देखाउने सुरेन्द्र भट्ट विरुद्ध ५ दिन म्याद थप, के हुन्छ सजाय ?


  • 2.2K
    Shares

    युवतीलाई गोप्य अङ्ग देखाउने सुरेन्द्र भट्ट विरुद्ध ५ दिन म्याद थप, के हुन्छ सजाय ?
    images

    काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । 

    सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

    प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लील प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् ।

    सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । 

    त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ । प्रहरीले अनुसन्धानको लागी घटनास्थलको सिसिटिभी फुटेज सङ्कलन गरेको छ । 

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १७:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij