Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले लगायो ह्विल लक

सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले लगायो ह्विल लक


  • 932
    Shares

    सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले लगायो ह्विल लक
    images

    काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै जथाभावी पार्किङ हुने गरेको समाचार सार्वजनिक भएलगत्तै ट्राफिक प्रहरीले कडा एक्सन लिन सुरु गरेको छ। 

    मंगलबार दिउँसो सिंहदरबारभित्रै ट्राफिक नियमको धज्जी उडाउँदै फुटपाथ र सडकमै जथाभावी गाडी तथा मोटरसाइकल पार्किङ गरिएका तस्बिरसहितका समाचारहरू सञ्चार माध्यममा प्रकाशित भएका थिए। समाचार सार्वजनिक हुनासाथ सिंहदरबारभित्र खटिएको ट्राफिक प्रहरीको टोलीले सक्रियता बढाएको छ।

    प्रहरीले नियमविपरीत र जथाभावी पार्किङ गरिएका सरकारी तथा निजी सवारी साधनहरूमा ह्विल लक लगाउन थालेको हो। सिंहदरबारभित्र भीआईपी र सर्वसाधारणको चाप रहने क्षेत्रमा जथाभावी गाडी पार्क गर्दा पैदलयात्रीलाई हिँड्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको थियो।  

    ट्राफिक प्रहरीले नियम मिच्ने जोसुकै भए पनि कानुन बमोजिम कारबाही गरिने र सिंहदरबारभित्रको पार्किङलाई व्यवस्थित बनाइने जनाएको छ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १६:५८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij