Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले लगायो ह्विल लक

सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले लगायो ह्विल लक


  • 1.2K
    Shares

    सिंहदरबारभित्र जथाभावी पार्किङ गर्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले लगायो ह्विल लक
    images

    काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै जथाभावी पार्किङ हुने गरेको समाचार सार्वजनिक भएलगत्तै ट्राफिक प्रहरीले कडा एक्सन लिन सुरु गरेको छ। 

    मंगलबार दिउँसो सिंहदरबारभित्रै ट्राफिक नियमको धज्जी उडाउँदै फुटपाथ र सडकमै जथाभावी गाडी तथा मोटरसाइकल पार्किङ गरिएका तस्बिरसहितका समाचारहरू सञ्चार माध्यममा प्रकाशित भएका थिए। समाचार सार्वजनिक हुनासाथ सिंहदरबारभित्र खटिएको ट्राफिक प्रहरीको टोलीले सक्रियता बढाएको छ।

    प्रहरीले नियमविपरीत र जथाभावी पार्किङ गरिएका सरकारी तथा निजी सवारी साधनहरूमा ह्विल लक लगाउन थालेको हो। सिंहदरबारभित्र भीआईपी र सर्वसाधारणको चाप रहने क्षेत्रमा जथाभावी गाडी पार्क गर्दा पैदलयात्रीलाई हिँड्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको थियो।  

    ट्राफिक प्रहरीले नियम मिच्ने जोसुकै भए पनि कानुन बमोजिम कारबाही गरिने र सिंहदरबारभित्रको पार्किङलाई व्यवस्थित बनाइने जनाएको छ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १६:५८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij