Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजारका सबै सूचक बढे

शेयर बजारका सबै सूचक बढे


  • 988
    Shares

    शेयर बजारका सबै सूचक बढे
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २४.५७ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । 

    आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । आज दिनभरिमा ३५२ कम्पनीको ९५ करोड १९ लाख ४५२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको हो । 

    बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढेको छ ।  त्यस्तै फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढेको छ ।

    कालंगा हाइड्रोपावर कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सानीगढ हाइड्रोपावरको १०.५७, उपकार लघुवित्तको ९.६६, मन्दाकिनी हाइड्रोपावरको ५.५५ प्रतिशत मूल्य बढेको छ ।

    आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.७८ प्रतिशत घटेको छ । स्नो रिभर फल्सको ५.१३, टक्सार पिखुवाखोलाको ४.४१ तथा झापा इनर्जीको ४.०६ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरको कारोबार भएको छ । आज यसको २० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एग्रिकल्चर डिबेञ्चरको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    nepse.JPG

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १५:४१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij