Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

फरेन्सिक परीक्षण प्रतिवेदनको गोपनीयता सुरक्षित गर्न मन्त्री पुनको आग्रह

फरेन्सिक परीक्षण प्रतिवेदनको गोपनीयता सुरक्षित गर्न मन्त्री पुनको आग्रह


  • 862
    Shares

    फरेन्सिक परीक्षण प्रतिवेदनको गोपनीयता सुरक्षित गर्न मन्त्री पुनको आग्रह
    images

    काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

    उनले व्यक्तिको गोपनीयतालाई मध्यनजर गरेर फरेन्सिक परीक्षण र प्रयोगशालाको रिपोर्ट पब्लिक डोमेनमार्फत सार्वजनकि गर्ने प्रश्तावित व्यवस्था हटाउनुपर्ने बताएका छन् । उनले उक्त विधेयक फरेन्सिक परीक्षणको गुणस्तर, विश्वसनीयता र वैज्ञानिक मापदण्डमा आधारि बनाउन अघि सारिएको पनि स्पष्ट पारेका छन् । 

    उनले विभिन्न आपराधिक घटनामा घटनास्थलबाट नमुना संकलन गरी वैज्ञानिक परीक्षणका आधारमा सम्बन्धीत निकायलाई प्रमाण उपलब्ध गराउन विधेयकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले विधेयकलाई दफावार हिसाबले एकतिरबाट टुंग्याउँदै छिटो पारित गर्नेगरी अघि बढ्न समेत समितिलाई आग्रह गरेका छन् ।  

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १५:३४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij