Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा, पौने ३ करोड विगो माग

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा, पौने ३ करोड विगो माग


  • 1.1K
    Shares

    गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा, पौने ३ करोड विगो माग
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

    आयोगले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको र सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको गम्भीर आरोपमा मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा लगाइएकाहरूमा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाह रहेका छन्।

    अख्तियारले उनीहरू चारै जनाबाट जनही २ करोड ७५ लाख ६६ हजार रुपैयाँ बिगो (क्षतिपूर्ति) असुलउपर गर्न र कानुन बमोजिम कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।   

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १५:२१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij