२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवको अवसरमा शाही युवा शक्ति नेपालले काठमाडौंको रत्नपार्क क्षेत्रमा भव्य र्याली निकालेको छ। पूर्वराजाको जन्मदिन मनाउने र राजसंस्थाको पक्षमा माहौल बनाउने उद्देश्यका साथ सो संगठनले सडक प्रदर्शन गरेको हो।
रत्नपार्कबाट सुरु भएको र्यालीमा सहभागी युवा तथा समर्थकहरूले हात-हातमा राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर बोकेका थिए। उनीहरूले पूर्वराजा शाहलाई जन्मदिनको असीम शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।र्यालीका क्रममा सहभागीहरूले राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै विभिन्न राजनीतिक नाराहरू समेत लगाएका थिए।
औपचारिक कार्यक्रम नभएका कारण निर्मल निवासमा भेटघाट बन्द गरिए पनि सडकमा भने पूर्वराजाका समर्थकहरूले जन्मोत्सवलाई उत्सवका रूपमा मनाएका छन्। र्यालीमा शाही युवा शक्तिका पदाधिकारी, राजावादी नेता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij