Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी प्रकाउ

स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी प्रकाउ


  • 1.7K
    Shares

    • images
    स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी प्रकाउ
    images

    काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट पक्राउ गरेका हो ।

    अधिकारीको पक्राउलाई लिएर स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र विरोध जनाएका छन् । उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण बिना पक्राउ पुर्जी अधिकारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन् ।

    अधिकारीले गत शनिबार फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीर रातो मसिले क्रस गर्दै ‘माफिया मन्त्री’ भनेर पोस्ट गरेका थिए ।

    निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ। अख्तियार के गर्दैछरु लाज बेचिसक्यौ भने स्वास्थ्य मन्त्री पदबाट राजीनामा देऊ’, उनले अर्को स्टाटसमा लेखेका थिए ।

    images
    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १३:३०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij