Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेटो शिखर सम्मेलन सुरु

नेटो शिखर सम्मेलन सुरु


  • 1.1K
    Shares

    नेटो शिखर सम्मेलन सुरु
    images

    काठमाडौं । टर्कीको राजधानी अंकारामा मंगलबारदेखि दुईदिने नेटो शिखर सम्मेलन सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन पुनः दबाब दिइरहेका बेला सम्मेलन सुरु भएको हो । 

    त्यसको जवाफस्वरूप युरोपेली देशहरूले अर्बौं डलर बराबरका नयाँ सैन्य सम्झौताहरू घोषणा गर्ने अपेक्षा गरिएको छ ।

    गत वर्षको नेटो शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्म कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत रक्षा तथा सुरक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य तय गरेका थिए । त्यसअनुसार ३.५ प्रतिशत प्रत्यक्ष सैन्य खर्च र १.५ प्रतिशत सुरक्षा सम्बन्धी अन्य आवश्यकतामा खर्च गर्ने सहमति भएको थियो ।

    यस साताको शिखर सम्मेलनमा नेटोका सबै ३२ सदस्य राष्ट्रका नेता सहभागी भएका छन् । त्यसका अतिरिक्त नेटो सदस्य नभएका दुई राष्ट्रप्रमुख पनि सम्मेलनमा उपस्थित छन् । ती हुन् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ ।

    अस्ट्रेलिया, जापान र न्युजिल्यान्डले आफ्ना रक्षा वा परराष्ट्र मन्त्री पठाएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धबाट प्रभावित खाडी मुलुकहरू ९बहराइन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स०का प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी छन् ।

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १३:०७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij