Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

१५ वर्ष अघिको घटनाले साउदीमा बन्दक बने मृगेन्द्र

१५ वर्ष अघिको घटनाले साउदीमा बन्दक बने मृगेन्द्र


  • 883
    Shares

    • images
    १५ वर्ष अघिको घटनाले साउदीमा बन्दक बने मृगेन्द्र
    images

    काठमाडौं । सप्तरीको सुरुङ्गा निवासी मृगेन्द्र कुमार मण्डल १५ वर्षअघिको एक घटनामा जोडिएको मुुद्दाका कारण अहिले जटिल अवस्थामा पुगेका छन्। उनीमाथि करिब १ करोड ३३ लाख रुपैयाँ बराबरको ब्लुड मुनी तिर्नुपर्ने फैसला भएपछि रकम नतिर्दासम्म देश छाड्न नपाउने अवस्था बनेको हो।

    पछिल्लो समय २ वर्षदेखि साउदीमा रहेका मृगेन्द्र नेपाल फर्किन विमानस्थल पुगेका थिए। घरमा परिवार उनको प्रतीक्षामा थियो। तर अध्यागमन काउन्टरमा पासपोर्ट जाँचका क्रममा उनलाई यात्रा प्रतिबन्ध रहेको भन्दै नेपाल जान नपाइने जानकारी दिइयो। त्यो खबरले उनको घर फर्किने सपना एकैछिनमा टुट्यो। यो समस्याको जरो १५ वर्षअघिको दुर्घटनासँग जोडिएको छ। साउदीमा गाडी चालकका रूपमा काम गरिरहेका बेला भएको दुर्घटनामा एक जोर्डनका नागरिकको मृत्यु भएको थियो।

    त्यसपछि साउदी अदालतले उनलाई दोुषी ठहर गर्दै ६ वर्ष जेुल सुजाय सुनाएको थियो। उनले पूरा ६ वर्ष जेुल बसेर सुजाय भुक्तान गरेपछि फाइनल एक्जिटमार्फत नेपाल फर्किएका थिए। नेपाल आएपछि करिब पाँच–छ वर्ष गाउँमै मजदुरी गरेर परिवार चलाएका मृगेन्द्र आर्थिक अवस्था कमजोर भएपछि सन् २०२३ मा फेरि रोजगारीका लागि साउदी फर्किएका थिए। नयाँ कम्पनीमा दुई वर्ष इमानदारीपूर्वक काम गरे पनि सम्झौता सकिएपछि पुनः नेपाल फर्किने क्रममा पुरानो मुद्दा फेरि खुलेको हो।  

     

    images
    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १२:००:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij