Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित

हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित


  • 1.3K
    Shares

    हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
    images

    काठमाडौं । कैलालीमा प्रहरी हिरासतबाट थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भागेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेको जानकारी दिए ।

    उनकाअनुसार नगार्जीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - ११:०७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij