Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

खाना नपाएपछि खरिपाटीका सुकुमवासी आन्दोलित, रातभर भोकै बसेको गुनासो

खाना नपाएपछि खरिपाटीका सुकुमवासी आन्दोलित, रातभर भोकै बसेको गुनासो


  • 1.2K
    Shares

    खाना नपाएपछि खरिपाटीका सुकुमवासी आन्दोलित, रातभर भोकै बसेको गुनासो
    images

    काठमाडौं । सरकारले खानाको व्यवस्था नगरिदिएपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरू विरोधमा उत्रिएका छन्। सोमबार बेलुकादेखि खाना नपाएपछि उनीहरूले आज बिहानैदेखि केन्द्र परिसरमा नाराबाजी र प्रदर्शन सुरु गरेका हुन्।

    खाना नदिएपछि हामी रातभरी भोकै बस्यौं, होल्डिङ सेन्टरमा रहेका एक सुकुमवासीले पीडा पोखे, केही उपाय नलागेपछि बिहानैदेखि विरोध गर्न बाध्य भएका हौं। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सोमबार बिहानसम्म खानाको व्यवस्था भए पनि साँझदेखि अचानक खाना बन्द गरिएको हो । 

    अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र सो होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। सरकारले तोकेको अवधि बाँकी छँदै खाना रोकिदिएपछि त्यहाँ बस्नेहरू आक्रोशित बनेका हुन् । खाना नपाउँदा सबैभन्दा बढी मर्का बिरामी, वृद्धवृद्धा र बालबालिकालाई परेको छ एक स्थानीयले भने, हाम्रो भन्दा बढी विचल्ली बिरामी र बालबालिकाको भएको छ। खाना नपाएर कतिपयले औषधिसमेत खान पाएका छैनन्  । 

    सरकारले गत वैशाख महिनामा बागमती र मनोहरा किनारका सुकुमवासी बस्ती खाली गराई विभिन्न होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको थियो ।  हाल खरिपाटीस्थित केन्द्रमा ९९ परिवारका २०७ जना आश्रित छन् । सुकुमवासीहरूले आन्दोलन र विरोध प्रदर्शन गर्न थालेपछि अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।  

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १०:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij