Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा छन्: दुर्गा प्रसाईं

सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा छन्: दुर्गा प्रसाईं


  • 1.2K
    Shares

    सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा छन्: दुर्गा प्रसाईं
    images

    काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रणाली सरकारमै रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाएका छन्।

    सोमबार पूर्वसांसद धवलशम्शेर राणासँग जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा रहेको दाबी गरेका छन्। उनले त्यही कारण सिंहदरबारको सम्पूर्ण प्रणाली बिग्रिएको आरोप लगाएका छन्।

    वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै प्रसाईंले आफूहरूले सरकारको कार्यसम्पादनबारे समीक्षा गर्ने तयारी गरिरहेको बताएका छन्। 

    नेपालमा विगतमा कहिल्यै दलाई लामाको जन्मोत्सव नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएको भन्दै यसले नेपालले उक्त विषयलाई स्वीकार गरेको सन्देश गएको दाबी गरेका छन्। उनले सरकारको विदेश नीतिबारे पनि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    साथै उनले जानकी मन्दिरमा पूजाअर्चना गर्ने, नगरमा जुलुस निकाल्ने तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको जनाइएको छ।

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १०:१५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij