२०८३ आश्विन १ गते बिहिवार
विराटनगर । गृहमन्त्री सुधन गुरुङले कोशी अस्पतालको सरकारी जग्गामा बनेका अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिएका छन् । आइतबार साँझ अस्पतालको निरीक्षणका क्रममा उनले गणेश मन्दिरको भवनमा सञ्चालित एक फार्मेसीका सञ्चालकसँग ‘भाडा कसलाई तिर्नुहुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका थिए ।
शनिबारदेखि कोशी प्रदेशको दौडाहामा रहेका गृहमन्त्री गुरुङ स्वास्थ्यमन्त्री निशा मेहतासँग आइतबार साँझ कोशी अस्पताल पुगेका थिए । अस्पताल परिसरको निरीक्षणका क्रममा उनी गणेश मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको भवनमा सञ्चालित उज्ज्वल फार्मेसीमा पुगे ।
त्यहाँ गृहमन्त्रीले फार्मेसी सञ्चालक अरुण ठाकुरलाई ‘भाडा कति तिर्नुहुन्छ ? कसलाई तिर्नुहुन्छ ?’ भनेर सोधे । ठाकुरले गणेश मन्दिर व्यवस्थापन समितिलाई मासिक ६० हजार रुपैयाँ भाडा बुझाउँदै आएको बताए।
त्यसपछि गृहमन्त्रीले ‘यो त सरकारी जग्गा हो नि’ भने । सञ्चालकले त्यसबारे स्पष्ट जवाफ दिन सकेनन् । त्यसलगत्तै गृहमन्त्री गुरुङले ‘सरकारी जग्गामा बसेपछि समितिलाई भाडा बुझाउने होइन’ भन्दै अस्पताल प्रशासनलाई अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij