Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान

अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान


  • 1.2K
    Shares

    अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
    images

    काठमाडौं । असार १३ गते प्रहरीको नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरीविरुद्ध प्रहरीले थप दुई वटा मुद्दामा अनुसन्धान अघि बढाएको छ । गिरीलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । 

    यसअघि आपराधिक लाभ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो । गिरीको अपराधको जालो ठुलो रहेको र अवैध माध्यमबाट धन आर्जन गरेको देखिएकाले थप दुई गम्भीर मुद्दामा अनुसन्धान गर्नुपर्ने प्रहरीको दाबी छ ।

    मोरङका प्रहरी प्रमुख उपरीक्षक (एसपी) कविता कटुवालका अनुसार गिरीको गतिविधि सङ्गठित स्वरूपको देखिएको र उनले अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएकाले यी मुद्दामा म्याद थपको प्रक्रिया अघि बढाइएको हो । 

    अहिले मोरङ अदालतमा उनलाई म्याद थपको लागि प्रहरीले उपस्थित गराएको छ । मोरङ अदालतका स्रेस्तादार मणि पोखरेलले मोरङ प्रहरीले दुई मुद्दामा म्याद थप गर्न ल्याएकोले अहिले इजालास पेस गरिएको बताएका छन् ।

    गिरीलाई गत असार १३ गते बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । गिरीसँगै उनका सहयोगीहरू सञ्जय मण्डल र विजय कामतसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । कारागारभित्र रहेका कैदी बन्दीको रासन भत्ता र पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरी परेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको थियो ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १७:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij