२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बैतडीको मेलौली नगरपालिका-१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अरूको सामान्य रहेको उनले जानकारी दिएका हुन् । ढुङ्गा-माटोको जोडाइ भएको दुईतले कच्ची घरको मुख्य निधाल भाँचिएर घर भत्किएको हो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij