Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पूर्वसांसद कोइरीलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश

पूर्वसांसद कोइरीलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश


  • 1.3K
    Shares

    पूर्वसांसद कोइरीलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ ।

    आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले  सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस गर्न आदेश दिएको हो ।

    मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले गतसाता एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।

    कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरूलाई सफाइ दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो ।  

     

     

     

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १६:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij