Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेसको प्रश्न: यो देश कालो गाडीमा हुइकिनेहरूको मात्र हो ?

कांग्रेसको प्रश्न: यो देश कालो गाडीमा हुइकिनेहरूको मात्र हो ?


  • 967
    Shares

    कांग्रेसको प्रश्न: यो देश कालो गाडीमा हुइकिनेहरूको मात्र हो ?
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गरेका छन् । 

    सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । कोही पनि नागरिकको बसोवास कानूनी हुनसक्ने तर कुनै नागरिकको जन्म गैरकानूनी हुन नसक्ने बताएका छन्। सुकुम्वासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गरेका छन् । समाधानको नाममा हजारौँ सुकुम्वासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको बताएका छन् ।

    उनले भने,  के यो देश ठूला बडाको मात्रै हो ? कालो चस्मा लाउने कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय ? सुकुम्वासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? होइन भने भन्नुप¥यो । 

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १४:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij