Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ललितपुरमा युवतीलाई 'गोप्य अङ्ग' देखाउने सरकारी कर्मचारी भट्ट पक्राउ

ललितपुरमा युवतीलाई 'गोप्य अङ्ग' देखाउने सरकारी कर्मचारी भट्ट पक्राउ


  • 1.9K
    Shares

    ललितपुरमा युवतीलाई 'गोप्य अङ्ग' देखाउने सरकारी कर्मचारी भट्ट पक्राउ
    images

    काठमाडौं । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

    घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन् । आरोपी भट्ट सरकारी कर्मचारी हुन् । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको थाहा भएको छ ।

    गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ । पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले त्यसबारे अनुसन्धान थालेको थियो । 

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १३:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij