Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णाली नदी क्षेत्रमा दुई शव फेला: दैलेख गाडी दुर्घटनाका बेपत्ता यात्रु हुनसक्ने अनुमान

कर्णाली नदी क्षेत्रमा दुई शव फेला: दैलेख गाडी दुर्घटनाका बेपत्ता यात्रु हुनसक्ने अनुमान


  • 1.4K
    Shares

    कर्णाली नदी क्षेत्रमा दुई शव फेला: दैलेख गाडी दुर्घटनाका बेपत्ता यात्रु हुनसक्ने अनुमान
    images

    काठमाडौं । दैलेखको साङ्गेतडामा भएको फोर्स गाडी दुर्घटनामा परी कर्णाली नदीमा बेपत्ता भएका यात्रुहरूको खोजी भइरहेका बेला कैलाली क्षेत्रमा एक महिला र एक पुरुषको शव फेला परेको छ।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार फेला परेका शवहरूको आधिकारिक पहिचान र सनाखत हुन भने बाँकी छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार, भेटिएका शवमध्ये एक जना १७-१८ वर्षको महिला र ३०-३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् ।

    पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका-६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भएको घर्तीले बताएका छन् ।

    बिहीबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

    गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो । गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका-९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । 

    गाडीसँगै बेपत्ता हुनेमा कालिकोटकै पचालझरना-९ कामेखे तिरुवा, रास्कोट नगरपालिका-२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदी रहेका छन् ।  

      

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १३:४२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij