Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेप्सेका सीईओ चूडामणि चापागाईंले दिए राजीनामा

नेप्सेका सीईओ चूडामणि चापागाईंले दिए राजीनामा


  • 1.4K
    Shares

    नेप्सेका सीईओ चूडामणि चापागाईंले दिए राजीनामा
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । सीईओ चापागाईले सोमवार बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । 

    आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनले बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । उनले सरकारको दबाब र अन्य कुनै विषय नभई आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । 

    चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए । 

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १३:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij