Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वाधार मन्त्रीको कडा चेतावनी: ‘काम नगर्ने मेयरलाई कारबाही गर्छौँ, प्रदेश मन्त्रीलाई नि थुन्छौँ’

पूर्वाधार मन्त्रीको कडा चेतावनी: ‘काम नगर्ने मेयरलाई कारबाही गर्छौँ, प्रदेश मन्त्रीलाई नि थुन्छौँ’


  • 1.2K
    Shares

    पूर्वाधार मन्त्रीको कडा चेतावनी: ‘काम नगर्ने मेयरलाई कारबाही गर्छौँ, प्रदेश मन्त्रीलाई नि थुन्छौँ’
    images

    काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुख (मेयर) सम्मलाई कारबाही गर्ने कडा चेतावनी दिएका छन् ।

    आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री लम्सालले यस्तो चेतावनी दिएका हुन् । काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्छौँुजनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले भने,  यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन ।

    मन्त्री लम्सालले वर्तमान सरकारले राम्रो काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो(कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । विकास निर्माणका लागि जनप्रतिनिधिहरूको सकारात्मक हुनुपर्ने उनको भनाइ थियो । 

    तनहुँका लागि ४ अर्बको बजेट योजना ल्याउन आग्रहकार्यक्रममा मन्त्री लम्सालले तनहुँको विकासका लागि ४ अर्ब रुपैयाँको बजेट सीमाभित्र रहेर सडक र पुलका योजनाहरू तत्काल अघि बढाउन आग्रह गरेका छन् । उनले तीनै तहका सरकारका जनप्रतिनिधिहरू सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताएका छन् । छलफलका क्रममा रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको समग्र विकास र निर्माण कार्यमा ढिलासुस्ती भइरहेको भन्दै मन्त्री लम्सालको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १२:५०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij