२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । कर्णालीमा भइरहेका भयावह सडक दुर्घटना र घाइतेहरूको समयमै उद्धार हुन नसकेको विषयलाई लिएर सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले कर्णालीका जीर्ण सडकको सुधार, दुर्घटना न्यूनीकरण र तत्काल उद्धारको ठोस योजना ल्याउन सरकारका नाममा रुलिङ ९निर्देशन० जारी गर्न सभामुखसँग माग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही, नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र नेकपा एमालेकी सांसद एसुदा बरालले कर्णालीमा हुने सडक दुर्घटनापछि घाइतेले उद्धार पाउन नसकिरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
केही दिनअघि कर्णालीमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनाको हृदयविदारक उदाहरण दिँदै सांसदहरूले घाइतेहरूले गुहार माग्दा(माग्दै पनि समयमा उद्धार नपाएर ज्यान गुमाउनु परेको पीडादायी यथार्थ संसदमा राखेका छन् ।
कर्णालीका सडकहरू सधैँ मृत्युको धराप बनिरहेको र दुर्घटना भएपछि उद्धार गर्ने सरकारी संयन्त्र शून्य जस्तै रहेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् । कर्णालीका सडकहरूमा दुर्घटना हुने बित्तिकै घाइतेहरूको तत्काल हवाई वा सडक माध्यमबाट उद्धार र उपचारको व्यवस्था मिलाउने प्रभावकारी वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ ।
जीर्ण सडक र राज्यको गैरजिम्मेवार नीतिका कारण कर्णालीका नागरिकले अकालमा ज्यान गुमाइरहनु परेको भन्दै सांसदहरूले यस विषयलाई संसद्मा मुख्य प्राथमिकताका साथ उठाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij