Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपाको नयाँ नीति: ‘एक परिवार, एक पद’

रास्वपाको नयाँ नीति: ‘एक परिवार, एक पद’


  • 1.1K
    Shares

    रास्वपाको नयाँ नीति: ‘एक परिवार, एक पद’
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । 

    चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई पार्टीको सबै तहमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन बन्देज लगाएको हो ।

    विधानको धारा ७९१० मा परिवारवाद र नातावाद परिभाषित गरिएको छ । विधानमा भनिएको छ, ‘पार्टीमा एकै परिवारका एक जनाभन्दा बढी सदस्य पार्टीको कुनै कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनीत वा निर्वाचित हुन पाउने छैन’। 

    विधान अनुसार ‘परिवार’ भन्नाले पति, पत्नी, बाबु, आमा, सौतनी बुवा, सौतनी आमा, छोरा, छोरी, दाजु-भाइ, दिदी-बहिनी, नाति,नातिनी,बाजे,बज्यै,ठुलो बुवा, ठुली आमा, काका, काकी, फुपू, मामा, जेठान, जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली र निजका पति वा पत्नी समेतलाई जनाउने उल्लेख ।  

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १२:०५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij