२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई एक जना पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।
आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । सो भिडियो लाखौँले हेरेका छन् । गल्लीमा एक्लै देखेपछि पुरुषले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ । त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोन मार्फत भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ ।
पीडितले प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएकी छन् । पीडितको निवेदनको आधारमा घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) गौतम मिश्रले बताए । उनले भने-पीडितले निवेदन दिनुभएको छ, त्यसबारे हाम्रो टोलीले अनुसन्धान सुरु गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij