Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

क्षतिपूर्तिको विवादले ५ दिनसम्म हुन सकेन यमुना विकको पोस्टमार्टम

क्षतिपूर्तिको विवादले ५ दिनसम्म हुन सकेन यमुना विकको पोस्टमार्टम


  • 1.2K
    Shares

    क्षतिपूर्तिको विवादले ५ दिनसम्म हुन सकेन यमुना विकको पोस्टमार्टम
    images

    काठमाडौं । उदयपुरको मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा ज्या न गुमाएकी २८ वर्षीया यमुना विक अधिकारीको शव पाँच दिन बितिसक्दा पनि पोस्टमार्टम हुन सकेको छैन। उचित क्षपूर्ति र उनका दुई नाबालक सन्तानको भविष्य सुनिश्चित हुनुपर्ने माग राख्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेपछि पो स्टमार्टम प्रक्रिया रोकिएको हो।

    गत असार १८ गते उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरगढी गाउँपालिका–३ की यमुना विक अधिकारीको घट'नास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा उनका श्रीमान् यमबहादुर विक ग म्भीर घा इते भएका छन् र हाल विराटनगरमा उपचा ररत छन्। आमाको मृत्यु र बुबा अस्पतालमा जीवनमृत्युको संघर्षमा रहेपछि ८ र १० वर्षका दुई नाबा लक सन्तानको भविष्य अन्योलमा परेको छ।

    पीडित परिवारले ती बालबालिकाको शिक्षा र पालनपोषण सुनिश्चित गर्न कानुनबमोजिम उपलब्ध हुने ५ लाख रुपैयाँबाहेक थप ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्। पीडितका आफन्तले प्रहरी प्रशासनले ट्रकधनी पक्षसँग मात्र एकलौटी छलफल गरेको र आफूहरूसँग अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्। यता, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले भने कानुनी व्यवस्थाभन्दा बढी रकमको माग गरिएकाले सहमति हुन नसकेको बताएका छन्।

    हाल दुर्घटनामा संलग्न ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् र घटनाबारे अनुसन्धान जारी छ। तर दुवै पक्षबीच सहमति हुन नसक्दा शवको पोस्टमार्टम हुन सकेको छैन। दुई नाबालक सन्तानको भविष्य सुरक्षित हुने सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडानमा पीडित परिवार कायम रहेकाले यमुना विक अधिकारीको शव अझै अस्पतालको शवगृहमा न्यायको प्रतीक्षामा रहेको छ।

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १०:५५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij