Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखामा ‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखामा ‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक


  • 1.3K
    Shares

    गोरखामा ‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक
    images

    गोरखा । दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू समेटिएको कृति विमोचन गरिएको छ ।

    मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो । मङ्गलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले विमोचन गरेका हुन् ।

    सो पुस्तकका बारेमा गन्धर्व जातिको लोक संस्कृतिका शोधकर्ता प्रा डा कुसुमाकर न्यौपानले प्रकाश पारेका थिए । सो पुस्तकमा गन्धर्व जातिको उत्पत्ति, मनिराम गाइनेले नेपाल एकीकरणको समयमा पुर्याएको योगदान, पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ, मनकामना, भैरवी देवीलगायत देवदेवीको मङ्गल, राग धनसिरा, वैशाखमा गाउने मल्हार राग, वसन्त राग, जेठमा गाउने राग, असारे राग, कलवाली राग, रामकली राग, सरुमै रागलगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ ।

    त्यस्तै दसैँमा गाउने मालश्री, कात्तिकमा गाउने चाँचरी, कृष्णलीला, निर्गुण, पृथ्वीनारायण शाहको, उजीरसिंह थापाको, सर्वजित रानाको, बुद्धिवल रानाको कर्खा, जङ्गबहादुर राणाको सवाई, चन्द्रशम्शेरको सवाई, गोरखा उदय गीत, दरबार हत्याकाण्डको, इराक घटनाको, जेनजी घटनाको सवाईलगायत विषयवस्तु पुस्तकमा समेटिएको छ ।

    एक सय चार पृष्ठ रहेको सो पुस्तकमा गन्धर्वका ५५ वटा शीर्षकमा सांस्कृतिक विषयवस्तु सङ्ग्रहित छन् । बिसे नगर्चीका समकालीन मनिराम गाइनेले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा सारङ्गी रेट्दै आर्थिक सङ्कलन गरेको तथा विभिन्न राज्यमा गएर त्यहाँको आन्तरिक सूचना पृथ्वीनारायण शाहमा पुर्याएर योगदान गरेको इतिहासमा उल्लेख छ ।

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - ०९:००:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij