Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

गाउँकै युवाले अपमानित गर्दै भिडिओ बनाएर हालेपछि बालिकाले रोजिन् मृत्यु

गाउँकै युवाले अपमानित गर्दै भिडिओ बनाएर हालेपछि बालिकाले रोजिन् मृत्यु


  • 2.0K
    Shares

    गाउँकै युवाले  अपमानित गर्दै भिडिओ बनाएर हालेपछि बालिकाले रोजिन् मृत्यु
    images

    काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा व्यक्तिगत गोपनीयता र सामाजिक मूल्य-मान्यतालाई धज्जी उडाइँदै गरिने पोस्टहरूले कतिपय महिलालाई जीवन-मरणकै अवस्थामा पुर्याइरहेका छन् । मधेशका महिलाको हकमा त यो समस्या झनै विकराल बनिरहेको छ ।

    सामाजिक सञ्जालमा भ्यूज, लाइकका लागि गरिएको पोस्टका कारण सामाजिक मानमर्दन सहन नसकेर एक बालिकाले मृत्युको बाटो रोजेकी छन् । घटना हो, गत असार १६ गते बाराको कलैया उपमहानगरपालिका-२१ भौडाहको ।

    गाउँकै केही युवाले बालिकालाई चौरमा युवकसँग बसेको निहुँमा सार्वजनिक रूपले अपमानित गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर भाइरल बनाएपछि यो दुखद परिणाम आएको हो ।

    अपमान र मानसिक दबाब सहन नसकेर १३ वर्षीया सरिया खातुनले आत्महत्या गरेको परिवारजनको भनाइ छ । बारास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

    घटनापछि परिवारले इलाका प्रहरी कार्यालय, सिमरामा जाहेरी दिएको छ । जाहेरीका आधारमा प्रहरीले सात जना युवाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता गरेको छ । एक जनालाई नियन्त्रणमा लिइएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी र स्थानीयका अनुसार असार १५ गते सरिया गाउँ नजिकैको चौरस्थित खेतमा एक युवकसँग बसिरहेकी थिइन् । त्यही बेला गाउँकै केही युवाको समूह त्यहाँ पुगेको थियो । उनीहरूले ‘केटासँग किन बसेको रु’ भन्दै सरियामाथि गालीगलौज सुरु गरेका थिए ।

    परिवारजनका अनुसार ती युवाले सरियामाथि कुटपिट र दुर्व्यवहारसमेत गरे । सरियामाथि भइरहेको दुर्व्यवहारको दृश्य उनीहरूले मोबाइलमा खिचे । त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरियो । केही घण्टामै भिडियो गाउँ(समाजभरि फैलियो ।

    परिवारजनका अनुसार चौरमा भएको दुर्व्यवहारभन्दा बढी चोट भिडियो भाइरल भएपछि सरियाले भोग्नुपर्‍यो । गाउँमै अपमानित बनाइएको दृश्य मोबाइल(मोबाइलमा पुग्यो ।

    आफूमाथि गालीगलौज, धम्की र कुटपिट भइरहेको दृश्य सार्वजनिक भएपछि उनी गहिरो तनावमा परेकी थिइन् । चौरमा घेरिनु एउटा हिंसा थियो भने त्यसलाई भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाउनु त्यो भन्दा ठूलो हिंसा भइदियो ।

    गाउँकै केही युवाले उनलाई सामाजिक कठघरामा उभ्याएपछि उनले अपमान सहन नसकी आत्महत्याको बाटो रोजेको परिवारजनको भनाइ छ । त्यसको भोलिपल्ट, असार १६ गते, सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । परिवारले इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दिएका छन् । जाहेरीमा घटनामा संलग्न युवामाथि कडा कारबाहीको माग गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार सरियाले आत्महत्या गरेको देखिए पनि त्यसको प्रत्यक्ष कारणबारे प्रहरीले अन्तिम निष्कर्ष निकालेको छैन ।

    ‘घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ,’ श्रेष्ठले भने, ‘मृतकले कुनै सुसाइड नोट वा स्पष्ट प्रमाण नछोडेकाले आत्महत्याको कारणबारे यकिन गर्न अनुसन्धान जारी छ ।’

    उनका अनुसार परिवारको जाहेरी, सामाजिक सञ्जालमा फैलिएको भिडियो, स्थानीय बासिन्दाको बयान र घटनाको समयक्रमलाई आधार बनाएर सात जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको हो । एक जना पक्राउ परिसकेका छन् भने अन्य फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सामाजिक सञ्जालमा फैलिएको भिडियो अनुसन्धानको महत्त्वपूर्ण आधार बनेको छ । भिडियोमा केही युवाले बालिकालाई घेरेर गालीगलौज गरिरहेको, धम्क्याइरहेको र अपमानजनक व्यवहार गरिरहेको देखिन्छ । परिवारजनले भने भिडियोमा देखिएकोभन्दा बाहिर पनि कुटपिट र दुर्व्यवहार भएको दाबी गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - ०७:२५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij