Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

झापा, म्याग्दी र कपिलवस्तुबाट जबरजस्ती करणीको घटनामा तीन जना पक्राउ

झापा, म्याग्दी र कपिलवस्तुबाट जबरजस्ती करणीको घटनामा तीन जना पक्राउ


  • 897
    Shares

    झापा, म्याग्दी र कपिलवस्तुबाट जबरजस्ती करणीको घटनामा तीन जना पक्राउ
    images

    नेपाल प्रहरीले झापा, म्याग्दी र कपिलवस्तुबाट जबरजस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

    प्रहरीका अनुसार झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापका ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई २५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।

    यस्तै, म्याग्दीको धौलागिरी गाउँपालिका–७ धारापानीका ६८ वर्षीय ईन्द्रबहादुर परियारलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    त्यसैगरी, कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २३ वर्षीय सत्यप्रकाश चौधरीलाई पनि १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।

    उजुरीका आधारमा सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - २०:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij