Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा महिला पक्राउ

नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा महिला पक्राउ


  • 1.5K
    Shares

    नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा महिला पक्राउ
    images

    काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    उनले आफू प्रहरीको असई बताउँदै असईको बर्दी समेत लगाउने गरेको प्रहरीले बताएको छ । बर्दी लगाएको तस्वीर समेत देखाउँदै विभिन्न आश्वासन दिँदै ई-सेवा तथा मोबाइल बैंकिङ एपमा पटक पटक गरी १५ लाख ५० हजार रुपैयाँ हाल्न लगाएर ठगी गरेको अपराध अनुसनधान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताए ।

    गोंगबुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - १३:०९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij