Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पार्टीमा काम गर्ने वातावरण नभएको भन्दै धनकुटाका १९ नेताले छाडे कांग्रेस

पार्टीमा काम गर्ने वातावरण नभएको भन्दै धनकुटाका १९ नेताले छाडे कांग्रेस


  • 1.1K
    Shares

    पार्टीमा काम गर्ने वातावरण नभएको भन्दै धनकुटाका १९ नेताले छाडे कांग्रेस
    images

    काठमाडौं ।  धनकुटामा कांग्रेसका १९ जना नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । पार्टी छाड्नेमा महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्लीसहित धनकुटाका १९ जना छन् ।

    सभापति गगन थापालाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी छाड्नेहरूमा कोशी प्रदेश सदस्य मीना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई छन् ।

    पार्टी भित्र वैचारिक मतभेद रहेको र काम गर्ने वातावरण नभएको उनीहरूले लेखेका छन् ।

    पार्टी परित्याग गरेका नेताहरूले अबको यात्राबारे केही सार्वजनिक गरेका छैनन् । तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जानसक्ने आन्तरिक चर्चा छ ।

     

    dhankuta-letter-2.jpg2.jpg

    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - ११:५९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij