Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

राति सुतेका बेला बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

राति सुतेका बेला बाढी पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते


  • 1.1K
    Shares

    राति सुतेका बेला बाढी पस्दा  एक महिलाको मृत्यु, ६ जना घाइते
    images

    काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । अविरल वर्षापछि आइतबार राति करिब ३ बजे धुलाखोला र आसपासका खोल्साबाट आएको लेदोसहितको बाढी गाउँमा पसेको हो ।

    बाढीको चपेटामा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राति स्थानीय बासिन्दा सुतिरहेकै अवस्थामा अचानक गाउँमा लेदोसहितको बाढी पसेपछि ठूलो क्षति भएको हो ।

    घटनामा परी घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको व्यवस्था मिलाइएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी बिहानैदेखि उद्धार तथा राहत कार्यमा जुटिरहेका छन् ।

     

    dolpa.JPG

    प्रकाशित मिति :आषाढ २१ २०८३ आइतवार - ११:३४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij