२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ ।
सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् ।
सरकारले आफ्नो १०० दिने कार्यकालमा सुशासन, प्रशासनिक सुधार, र आर्थिक पारदर्शितालाई प्राथमिकता दिँदै विशेष प्रगति विवरण सार्वजनिक गरेको छ, जसमा सम्पत्ति छानबिन आयोग गठन, मन्त्रालय कटौती, र १५ हजारलाई रोजगारी सुनिश्चित गर्ने जस्ता प्रमुख बुँदाहरू समावेश छन्।
थप उपलब्धिका रूपमा ६६६ बिचौलियामाथि कारबाही, अनलाइन सरुवा प्रणालीको सुरुवात, र किसानको ४१ करोड बक्यौता भुक्तानी समावेश छन्।
वर्तमान सरकारले सय दिने कार्यसूची नै तयार पारेर काम अघि बढाएको थियो ।
यस्ता छन् सरकारका उपलब्धि:
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij