२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले १५ हजार जनाले रोजगारी पाएको बताएको छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहबाट छनौट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी पाएको बताए ।
सरकार गठनको यस अवधिमा एक सय २३ प्रतिष्ठान र एक लाख ३६ हजार ५७५ योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी समेत उनले दिए । सरकारले काठमाडौँका विभिन्न सुकुमबासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएका चार सय जना प्राध्यापकहरूबाट १३ करोड २३ लाख रुपैयाँ राजस्व फिर्ता गर्न सफल भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij