२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ ।
छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् ।
कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
घटनापछि स्थानीयवासीले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेका छन् ।
।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij