२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । शुक्रबार महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेकी हुन् ।
डङ्गोलले खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
डङ्गोलले भनिन्, ‘बाल मृत्युदर घटाउन, व्यक्तिमा हुनसक्ने अपाङ्गता घटाउन खोप प्रभावकारी माध्यम हो’ ‘बालबालिकालाई जोखिमबाट बचाउन सक्रिय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय छ । हरेक बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन हरेक अभिभावकहरूलाई दायित्व निर्वाह गर्न अनुरोध गर्दछु ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij