२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिममा रहेको बताएका छ् । राष्ट्रिय सभामा शनिवार सम्पती शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले तत्काल आवश्यक सुधार गर्नु आवश्यक रहेको बताएका हुन् ।
२०८१ फागुनदेखि नेपाल ग्रे लिष्टमा रहेको उल्लेख गर्दै उनले तदारुकताको साथ आवश्यक सुधार र सुशासनका कामलाई तिब्रता दिन नसके मुलुक ब्ल्याक लिष्टमा पुग्न सक्ने बताएका छन् । अर्थमन्त्री वाग्लेले ब्ल्याक लिष्टमा परेमा नेपाल सोमालिया, हाईटी जस्तो मुलुकको दर्जामा पुग्ने बताएका छन्।
उनले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोले यो विधेयक ल्याईएको बताएका छन्। उनले कानूनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक ग्रे लिष्टमा परेको उल्लेख गरेका छन्।
उनले भने, ‘मुलुक २०८१ फागुनदेखि ग्रे लिष्टमा छ, अहिले सेन्स अफ अर्जेसन्सीको साथ, तदारुकताका साथ हामीले काम गनै सकेनौ भने हामी ब्ल्याक लिष्टतिर झर्दैछौँ र व्ल्याक लिष्टमा झर्नु भनेको बाँकी दुनियाँसग हाम्रो तमाम वित्तिय सम्बन्धहरु टुट्नु हो । रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउनुपर्नेछ, हाम्रो साखलाई माथी उकास्नु छ, हामी गर्नुपर्ने सुशासनका नियमित कर्महरु नगरी सुशासनमा चुक्दाखेरी हामी हाईटी, सोमालियाजस्ता मुलुकहरुको दर्जामा झर्ने जोखिम प्रवल हुँदै गईरहेको छ । २०८१ फागुनदेखिको यो कलंक हामी मेटाउन खोज्दैछौँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij