Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना

पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना


  • 1.4K
    Shares

    पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
    images

    काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिक महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्। 

    शनिबार जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको हो। 

    दुर्घटना लगत्तै प्रहरी चौकी रातोमाटे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली उद्धारमा खटिएको छ। बसमा सवार करिब ३५ जना यात्रुमध्ये घाइते भएका नौ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

    दुर्घटनाग्रस्त बस हटाउन क्रेनको व्यवस्था मिलाउने काम भइरहेको प्रहरीले जनाएको छ। बस चालक ५० वर्षीय धनिराम विकलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रवक्ता माधव काफ्लेले जानकारी दिए। 

    दुर्घटनाको कारण खुल्न खुलेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए।

     

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - १२:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij