Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पिज्जाको तेलमा साङ्ला भेटिएपछि न्युरोडको एक रेस्टुरेन्टलाई दुई लाख जरिवाना

पिज्जाको तेलमा साङ्ला भेटिएपछि न्युरोडको एक रेस्टुरेन्टलाई दुई लाख जरिवाना


  • 1.1K
    Shares

    पिज्जाको तेलमा साङ्ला भेटिएपछि न्युरोडको एक रेस्टुरेन्टलाई दुई लाख जरिवाना
    images

    काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको कर्नर प्वइन्ट रेस्टुरेन्ट एन्ड बारु लाई उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ। शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उक्त रेस्टुरेन्टमा छापा मारी जरिवाना गरेको हो।

    अनुगमनका क्रममा रेस्टुरेन्टको भान्सामा गम्भीर लापरबाही र अखाद्य वस्तुको प्रयोग भइरहेको भेटिएको छ। विभागका अनुसार रेस्टुरेन्टले पिज्जाको बेस बनाउन प्रयोग गर्ने तेलमा मरेको साङ्ला भेटिएको थियो। यसका साथै, ग्राहकलाई दिइने पेय पदार्थहरूमा म्याद नाघेको फ्रुट सिरप प्रयोग गरिरहेको समेत पाइएको छ। 

    यसरी गुणस्तरहीन तथा म्याद नाघेका खाद्य सामग्री प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको भेटिएपछि टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको हो। विभागले आगामी दिनमा भान्साको सरसफाइ र खाद्य सामग्रीको गुणस्तरमा सुधार नगरे रेस्टुरेन्टलाई सिलबन्दी गर्ने चेतावनी समेत दिएको छ।

     

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - १२:४२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij