२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकार गठनको १०० दिनको अवधिमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।
मन्त्रालयले यस अवधिमा सम्पन्न भएका ४८ वटा महत्त्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गर्दै भूमि व्यवस्थापन र डिजिटल प्रणालीमा भएका प्रगतिबारे जानकारी दिएको हो।
मन्त्रालयका अनुसार यो १०० दिनमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई २९ वटा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। यसैगरी, १६ सय भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरणको काम समेत सफलतापूर्वक सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
भूमि व्यवस्थापनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन मन्त्रालयले नयाँ डिजिटल प्रणालीको विकास गरेको छ। अब भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको विस्तृत विवरण सहजै हेर्न मिल्ने गरी डिजिटल ड्यासबोर्ड कार्यान्वयनमा ल्याइएको छ। यस प्रणालीले लक्षित वर्गको पहिचान र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij