Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिरहामा ११ लाखभन्दा बढीको अवैध सामानसहित मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा

सिरहामा ११ लाखभन्दा बढीको अवैध सामानसहित मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा


  • 1.6K
    Shares

    सिरहामा ११ लाखभन्दा बढीको अवैध सामानसहित मोटरसाइकल सशस्त्र प्रहरीको नियन्त्रणमा
    images

    काठमाडौं । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रूपमा ओसारपसार भइरहेका सामग्रीहरू नियन्त्रणमा लिएको छ। भन्सार छलेर नेपाल भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ रुपैयाँ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो। 

    नम्बर ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको विशेष गस्ती तथा निगरानीका क्रममा यी अवैध सामग्रीहरू बरामद गरेको हो। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाका अनुसार बरामद गरिएका सामग्रीको अनुमानित मूल्य ११ लाख १० हजार ४२५ रुपैयाँ कायम गरिएको छ। 

    बरामद गरिएका सामान र मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले जानकारी दिए। एसपी थापाले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छली नियन्त्रणका लागि सुरक्षा निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको समेत बताए। 

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - ११:२५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij