Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फरार दुई प्रतिवादी पक्राउ

फरार दुई प्रतिवादी पक्राउ


  • 1.1K
    Shares

    फरार दुई प्रतिवादी पक्राउ
    images

    काठमाडौं । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेशराम विक र पुनःचलनसम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार विकलाई विसं २०८२ असार २० गते अदालतको फैसलाले एक वर्ष तीन महिना कैद र रु १५ हजार जरिवाना तोकेको थियो । त्यसैगरी चन्दलाई विसं २०७९ मङ्सिर १६ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना हुने फैसला भएको थियो ।

    पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमामा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिए । 

     

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - १०:१०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij