Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्री फेरी ‘गायब’ !

गृहमन्त्री फेरी ‘गायब’ !


  • 2.0K
    Shares

    गृहमन्त्री फेरी ‘गायब’ !
    images

    विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिईकनै कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । सीमा क्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावटका विषयमा जनगुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न शुक्रबार साँझ कोशी आइपुगेका हुन्।

    सुरक्षा स्रोतका अनुसार कोशी प्रदेशको सुनसरी र मोरङमा भए पनि उनी कहाँ छन् भन्नेबारे जानकारी छैन । उनी सीमा नाकाहरूको ‘छड्के’ अनुगमनका लागि आइपुगेका हुन् । केही दिनअघि मात्रै मधेस प्रदेशको पर्सा पुगेर सीमा नाकामा स्थानीयसँग चोरी तस्करीका विषयमा जानकारी लिन पुगेको भिडियो सार्वजनिक भएको थियो। 

    मोरङ विराटनगरस्थित दक्षिणी सीमा क्षेत्र र त्यस आसपासका अन्य नाकाहरूको समेत उनले निरीक्षण गर्ने तयारी छ । ‘गृहमन्त्रीज्यू अहिले सुनसरी आइपुग्नुभएको छ, त्यहाँको वस्तुस्थिति बुझेर मोरङ प्रवेश गर्ने तयारी छ,’ सुरक्षा स्रोतले भन्यो, ‘गृहमन्त्रीको आकस्मिक आगमन भएपछि मोरङका सुरक्षा निकायहरू अहिले हाइ अलर्टमा बसेका छन् ।’

    मन्त्रीको यो अप्रत्याशित भ्रमणले सीमा क्षेत्रका सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूमाझ दौडादौड चलेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, ‘गृहमन्त्री आएको कुरा थाहा छ । अहिलेसम्म कहाँ हुनुहुन्छ भन्ने थाहा छैन।’

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - २२:३९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij