Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई विदेश जान बाटो खुल्यो

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई विदेश जान बाटो खुल्यो


  • 1.4K
    Shares

    एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई विदेश जान बाटो खुल्यो
    images

    काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारीहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 

    अदालतको यो आदेशसँगै एन्फा पदाधिकारीहरूलाई विदेश जान बाटो खुलेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो।

    हालै फिफा विश्वकपमा सहभागी हुन जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको थियो।

    विदेश जान रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले अदालतमा रिट दायर गरेका थिए। अदालतले राखेपले विदेश भ्रमण रोक्नका लागि लेखेको पत्र र विभिन्न निकायहरूमा गरिएका पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न भनेको हो।

    Anfa-uchha.jpg

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १७:५०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij