Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सप्तरी कारागारमा सहकर्मीको राइफलबाट गोली चल्दा प्रहरी जवान गम्भीर घाइते

सप्तरी कारागारमा सहकर्मीको राइफलबाट गोली चल्दा प्रहरी जवान गम्भीर घाइते


  • 1.4K
    Shares

    सप्तरी कारागारमा सहकर्मीको राइफलबाट गोली चल्दा प्रहरी जवान गम्भीर घाइते
    images

    काठमाडौं । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका बेला सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन्। 

    नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दी भई हाल कारागार सुरक्षा गार्डमा खटिएका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव गोली लागेर गम्भीर घाइते भएका हुन्।

    प्रारम्भिक जानकारीअनुसार शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआरबाट एक्कासि गोली चलेको थियो। गोली यादवको कम्मरमाथिको ढाडमा लागेको प्रहरीले जनाएको छ।

    गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचार गरिए पनि अवस्था जटिल भएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९घोपा क्याम्प० रेफर गरिएको प्रहरीले जनाएको छ। 

    प्रहरी जवान नियन्त्रणमा, अनुसन्धान सुरुजिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० मेहराज घिमिरेका अनुसार ड्युटीमा रहेका प्रहरी जवानले बोकेकै एसएलआर राइफल अचानक पड्किँदा यो दुर्घटना भएको हो।

    घटना लगत्तै गोली चलेको राइफलसहित प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर घटना भवितव्य हो वा अन्य कुनै कारण थियो भन्नेबारे सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १७:१०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij